आरएमडिसी लघुवित्तको ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । आरएमडिसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा आएको छ ।

लघुवित्तले ३ लाख ९३ हजार ८०१ कित्ता शेयर बिक्रीको लागि बोलपत्र खुलाएको हो । जसको मूल्य प्रति कित्ता रु।४३५ रुपैयाँ तोकको छ ।

जसको लागि बैशाख २ गतेदेखी ८ गते सम्म आवेदन फारम भरी सक्नु पर्ने कम्पनीले जनाएको छ ।

शेयर आवेदन विद्यमान संस्थापक शेयरधनी, जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले शेयर किन्न सक्ने छन् ।

बोलपत्र आवेदन एन आई सी एशिया क्यापिटल बाट प्राप्त गरी सोही कार्यालयमा बुझाउन सकिने छ । अहिले शेयर एन आई सी एशिया बैंकको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ । मंगलबार आरएमडीसीको शेयर १२२९ रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।