कोरोना जोखिम बढेपछि नाका निरीक्षणका लागि काठमाडौंका प्रहरी प्रमुख अशोक सिंह नागढुंगामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं भित्रिने नाकाहरुमा कडाई गर्न थालिएको छ ।

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपनि नाकामा लापरबाही भइरहेको भन्ने गुनासो आइरहेका बेला काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र प्रहरी प्रमुख एसएसपी अशोक सिंहले काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा निरीक्षण गरेका छन् ।

मगलबार नाकामा चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गर्दै उनीहरुले सवारी साधन तथा पैदलमार्फत आवत-जावत गर्ने यात्रीहरुलाई मास्कसमेत वितरण गरेका हुन्।

समुदाय प्रहरी साझेदारी अवधारण अन्तरर्गत विश्वब्यापी रुपमा फैलि रहेको कोरोना भाईरस संक्रमणको जोखिमलाई समेत ध्यानमा राखेर सचेतना अभिवृद्धि गराईएको हो। प्रहरी प्रमुख एसएसपी सिंहले नाकामा अलि कडाईका साथ चेक गर्न समेत निर्देशन दिएका छन्।

उक्त नाकाबाट सवारी आवत-जावत गर्ने यात्रीहरुलाई अन्दाजी २ हजार ५ सय थान माक्स वितरण गरिएको एसएसपी सिंहले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।