देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : ‘वर्ष २०७८ सफल, अब हिंसाको राजनीति देशमा छैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ सफल वर्षको रुपमा रहेको बताएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले आज बिहान ८ बजेदेखि राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले वर्ष २०७७ सफल वर्षको रुपमा रहेको बताएका हुन । 

विविध अवरोधका बीच पनि गएको वर्ष सफल रहेको उनको तर्क छ । २०७६ मा विखण्डनकारी राजनीतिको अन्त्य गरेको सरकारले २०७७ मा हिंसा युक्त राजनीतिको पनि अन्त्य उनले दाबी गरे । मूलधारबाट भड्किएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राष्ट्रिय मूलधारको राजनीतिमा ल्याउन आफूहरु सफल भएको प्रधानमन्त्री ओलीले बताए ।

उनले अब देशमा संविधान सर्वमान्य, सर्वस्वीकार्य बन्ने अवस्था रहेको बताए । विप्लवहरु मूलधारमा आएसँगै अब देशमा हिंसाको राजनीति सकिएको र देशमा शान्तिको वातावरण बनेको भन्दै ओलीले अब नेपालमा हिंसाको राजनीति नहुने तर्क गरे ।

प्रधानमन्त्री ओलीले विकास निर्माणको कामका लागि गएको वर्ष २०७७ सफल रहेको दोहोर्याए । उनले कोरोना महामारीका बीचमा पनि गएको वर्ष विकास निर्माण र सरकारको कामका आधारमा सफल रहेको उल्लेख गरे । भौतिक संरचना र पूर्वाधार तथा पुनर्निर्माणमा वर्ष २०७७ मा सरकारले राम्रो सफलता हात पारेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।