पछिल्लो २४ घन्टामा ५१७ जनामा कोरोना संक्रमण पुष्टि ,५ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा पाँच हजार २ सय ३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।

पिसिआर परीक्षणमा ४ सय ६० जना र एन्टिजेन परीक्षणद्धारा ५७ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

यस अवधिमा एक सय ५३ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या तीन हजार ६ सय ८ रहेको छ ।

कोरोना निको हुने दर ९७.६ प्रतिशत रहेको छ । यसैगरी तीन हजार ५८ जनाको कोरोना कारणले मृत्यु भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।