काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी जेल चलान भएकी छिन्।
काठमाडौँ जिल्ला अदालतले थुनछेकको आदेश गर्दै रेग्मीलाई मुद्धा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएको हो।
उनीमाथि आफ्नी आमालाई हेरचाह नगरेको आरोप लागेको थियो । आफ्नो नाममा रहेको सबै सम्पत्ती लगेर पनि छोरीले हेरचाह नगरेको भन्दै उनकी आमाले रेग्मीविरुद्ध उजुरी दिएकी थिइन्।
काठमाडौँ प्रहरी परिसरले रेग्मीलाई पक्राउ गरि उनलाई ज्येष्ठ नागरिक ऐन अन्तर्गत मुद्धा चलाएको थियो। अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ।
उनि माथि भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको र सृजना फाइनान्स र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको आरोप समेत लागेको छ।
Comment