शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ।

बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो निभाउन सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको हो । हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि आगलानी नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

काठमाडौं दुई वटा दमकल गएर नियन्त्रणको प्रयास गरे पनि डढेलो सडकभन्दा धेरै माथि पुगेकाले सफल हुन नसकेपछि दमकल फर्किएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।