प्रदेश २ का प्रमुख अहिराजले नुवाकोट पुगेर गरे जिपलाइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजले नुवाकोटमा पुगेर जिपलाइन गरेका छन् ।

नुवाकोट दरबार परिसरनजिकै रहेको जिपलाइन स्टेशन पुगेर अहिराजले शनिबार अपराह्न जिपलाइन गरेका हुन् ।

स्थानीय पर्यटन विकास र प्रवद्र्धनका लागि उनले आफू नुवाकोट पुगेर जिपलाइन गरेको प्रतिक्रिया दिएका छन् । अहिराजले जिपलाइन गरेपछि नुवाकोट दरबारक्षेत्रको अवलोकन गर्नुका साथै देवीभैरवी मन्दिरको दर्शन समेत गरेका थिए ।

१३ सय मिटर लामो नुवाकोटको जिपलाइनको प्रतिघन्टा अधिक रफ्तार १ सय १० किलोमिटर हुने सञ्चालकहरुको भनाइ छ ।

दरबार एडभेन्चर जिपलाइन रिसोर्टले सञ्चालन गरेको सो जिपलाइन पछिल्लो समय चर्चित बन्दै गएको छ ।

नुवाकोटको विदुर नगरपालीका २ मा रहेको जिपलाइन १६ पुस ०७६ बाट व्यावसायिक सञ्चालनमा ल्याइएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।