मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । मर्मत सम्भार पश्चात् मनकामना केबुलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

मनकामना दर्शन प्रालिले शनिबार एक सूचना जारी गर्दै प्रथम चरणको काम अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएको कारण चैत्र ३१ गतेबाट सञ्चालन गर्ने भनिएको केबुलकार चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने जनाएको हो ।

चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द केबुलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबुलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक समितिले बताएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।