गुण्डागर्दी गरेको आरोपमा नुवाकोटका टिकाराम पुलामी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउदै आएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले गुण्डागर्दीविरूद्ध कारवाही अभियान शुरु गरेका छन।

प्रहरी प्रमुखको कमाण्ड सम्हाले देखि निरन्तर उनले विभिन्न स्थानमा गुण्डागर्दी र आपराधिक कार्यमा संलग्नहरुको खोजि खोजि कारवाही  गर्दै आइरहेका छन ।

काठमाण्डौका विभिन्न स्थानमा गुण्डागर्दी र आपराधिक कार्यमा संलग्न लिखु गाउँपालिका ३ घर भई काठमाडौं मनमैजु बस्ने वर्ष ३७ का टिकाराम पुलामी मगरलाई महानगरीय प्रहरी परिसरले शुक्रबार पक्राउ गरेको छ ।  

उनले कतै राम पुलामी मगर त कतै सिताराम पुलामी मगर भन्दै गुण्डागर्दी र धम्की दिएको गुनासो आएपछि परिसरले पक्राउ गरेको प्रहरीले जनाउको छ ।

मनमैजुमा बर्गर हाउससमेत सञ्चालन गरेका मगरविरुद्ध काठमाण्डौं र नुवाकोटमा विभिन्न आरोपमा ६ वटा मुद्दा दर्ता छ ।

त्यसमध्ये दुबै जिल्लामा एक एकवटा मुद्दामाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।