बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बार्सिलोनालाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनालाई २-१ ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।

बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । २८औँ मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

६०औँ मिनेटमा ओस्कारले एक गोल फर्काए पनि बार्सिलोना २-१ ले पराजित भयो । यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ । बार्सिलोना ६५ अंकसहित तेस्रो स्थानमा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।