लेखक खगेन्द्र संग्रौलालाई चार लाख रुपैयाँको ‘पहिचान सम्मान’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । लेखक, अनुवादक खगेन्द्र संगौला सम्मानित हुने भएका छन् । पहिचान पुरस्कार कोषले उनलाई ४ लाख २ हजार २ रुपैयाँसहित ताम्रपत्रले पहिचान सम्मान गर्न लागेको हो ।

कोषका अनुसार आगामी ४ वैशाखमा कार्यक्रममाझ संग्रौलालाई सम्मान अर्पण गरिनेछ । लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले संग्रौलालाई सम्मान गर्न लागिएको कोषले जनाएको छ ।

२०७२ सालमा सिक्किममा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने लेखकलाई बर्सेनि पुरस्कृत गर्दै आएको छ ।

साहित्य र पहिचानको क्षेत्रमा क्रियाशीलहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित यो संस्थाले चार वर्ष पहिचान पुरस्कार र पाँँचौँ वर्ष सम्मान अर्पण गरिने जनाएको छ । यसअघि ४ वटा पुस्तकका लेखकहरूलाई कोषले पुरस्कृत गरिसकेको छ ।

लेखक संग्रौलाई संस्थाले सम्मान प्रदान गर्ने भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।