पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपाने र सचिवमा कार्की विजयी ( सूचिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै  विजयी भएको छ । उनले प्रतिद्वन्द्वी बाल मुकुन्द आचार्यलाई २०१ मतको अन्तरले पराजित गरेका हुन् । 

त्यस्तै, उपाध्यक्षमा रनसुर महतरा विजयी भएका छन् ।

त्यस्तै, सचिवमा रामहरि कार्की,सहसचिवमा रविन राई, कोषाध्यक्षमा राजु बस्नेत विजयी भएका छन् ।

खुल्ला सदस्यहरुमा अनिल पन्त, अविन लिम्बु, दीपक अर्याल, विष्णु बहादुर आले, केशव घिमिरे, कृष्ण पौडेल, राम शरण काफ्ले र विनोद श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै, केन्द्रीय परिसर सदस्य संगिता खड्का, ओपेन्द्र शर्मा, प्रविण कुमार चौधरी, इन्द्र राउत, लक्ष्मण दर्नाल, विजया शर्मा, पदम विश्वकर्मा (लेकाली), वासुदेव श्रेष्ठ, सुरेन्द्र चालिसे र डिल बहादुर ठोकर विजयी भएका छन् भने इश्वरराज ढकाल र संचिता घिमिरे पराजित भएका छन् ।

बुधबार भएको मतदानमा ललितपुर शाखामा ३८३ कूल मत खसेको थियो । अहिले देशभर मतगणना जारी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।