आयकरको दोस्रो किस्ता तिर्न सरकारको ताकेता,चैत मसान्त भित्रै नतिरे जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले चैत मसान्त भित्रै दोस्रो किस्ताको कर तिर्न आग्रह गरेको छ ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै आर्थिक वर्ष ७७/७८ को आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत मध्ये तिर्न बाँकी कर रकम दाखिला गर्न आग्रह गरेको हो ।

आयकर ऐन २०५८ को दफा ९४ को उपदफा १ मा भएको ब्यबस्था अनुसार विभागले कर रकम दाखिला गर्न आग्रह गरेको छ ।

विभागले सम्बन्धित ठूला करदाता कार्यालय, मध्यम स्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालय तथा करदाता सेवा कार्यालयमा कर रकम दाखिला गर्न आग्रह गरेको हो । समयमा नै कर तिरेर ऐन बमोजिन शुल्क जरिवाना तथा ब्याजबाट बच्न आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।