जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ४ बर्षपछि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले ४ बर्षपछि जबरजस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला सखुवाप्रसौनी -४ बस्ने ३५ बर्षीय मुख्तार मियाँ अन्सारी रहेका छन्।

पक्राउ परेका अन्सारीले मिति २०७४।०७।१२ गते सोही ठेगाना बस्ने अन्सारी मियाँलाई ऊखु बारीमामा लगी सामूहिक जबरजस्ती करणी गरी फरार भएका थिए।

यसैबीच उनलाई सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला पर्सा बीरगञ्जले भारतीय प्रहरीसंगको समन्वयमा उनलाई पक्राउ गरेको जनाएको छ।

साथै, उक्त घट्नामा सलंग्न हरु मध्येका जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा.वडा नं.४ बस्ने बर्ष ३५ को अंसारी मियाँलाई खोजी कार्य भईरहेको व्यहोरा समेत जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख ओमप्रकाश खनालले बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।