ग्यासको सिलिण्डरभित्र लुकाएर लागुऔषध ल्याउने दुईजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्यासको सिलिण्डरभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं. ५ फर्पिङ्ग चेक पोष्टमा खटिएको प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

विरगंजबाट काठमाडौ आउँदै गरेको बा ३७ प ७१३७ मोटरसाइकल चेक जाँच गर्दा उनीहरुले बोकेको जेव्रा झोला भित्र ग्यासको सिलिण्डर राखी उक्त सिलिण्डरभित्र लागुऔषध लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

फेनरागन, डाईजपाम र निर्फिन नामक लागुऔषध बरामक गरेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।