सिप्रदीको सर्टिफाइड ग्यारेज अब सिन्धुपाल्चोकको मेलम्चीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सिप्रदी ट्रेडिङले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । 

टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई सहज रुपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको हो।

२०७७ चैत १८ गते टाटा मोर्टस ग्राहक सेवा अन्र्तगतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ ग्राहक सेवाका महाप्रबन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कशपको उद्घाटन गरेका थिए । 

उक्त अवसरमा विगत लामो समय देखी टाटाका गाडीहरु संचालन गर्दै आएका ग्राहक चिरन पराजुलीलाई सम्मान गर्नुका साथै टाटा बीएसआईभी गाडी सम्बन्धि चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको थियो । ३० जना भन्दा बढि ग्राहकहरुले उक्त प्रशिक्षण कार्यक्रमा सहभागिता जनाएका थिए ।

ग्राहकहरुले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा साधारण मर्मतका कार्यहरु उक्त सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।