सुन आयातको दैनिक कोटा दोब्बर बढ्यो, अभाव कम हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सुन आयातको कोटा बढाएर कोभिड अघिकै अनुपातमा पुर्‍याउने भएको छ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सुन आयातको कोटा बढाएको हो । परिपत्र २०७६ लाई संशोधन भएसँगै अबदेखि २० केजीसम्मको सुन आयात गर्न पाइनेछ ।

कोटा कम हुँदा बजारमा सुनको अभाव भएको भन्दै व्यवसायीले राष्ट्र बैंकका गभर्नरदेखि अर्थमन्त्री, उद्योगमन्त्री लगायतलाई भेटेर आयातको कोटा बढाउन माग गर्दै आएका थिए ।

अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग छ । तर आयात दैनिक १० केजी हुँदै आएको छ ।

लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै गत चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले दैनिक २० किलोबाट सुन आयातको कोटा घटाएको थियो ।

कोभिडको कारण सुन प्रतितोला एक लाखभन्दा माथि पुगेको थियो। गत मंसिर देखी सुनचाँदी बजार चलायमान बन्दै जाँदा सुनको माग पनि बढ्न थालेको थियो। सामान्य अवस्थामा दैनिक २५ केजीसम्म सुनको बिक्री हुने गरेको छ। सिजनको समयमा ४० देखि ५० केजी सुनको बिक्री हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।