सर्वोच्च परिसरमा दुई अधिवक्ताबीच कुटाकुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट भएको छ ।

सोमबार दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जनाबीच भिडन्त भएको थियो ।

गुप्ताले जोशीबाट पाँच वर्षअघि एक लाख रुपैयाँ लिएको र त्यही रकमको विषयमा कुटाकुट भएको खुलेको छ । अधिवक्ता जोशीले पैसा मागेपछि दुईबीच हात हालाहाल भएको हो । जोशीको मुखमा चोट लागेको छ । अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको बताए ।

घटनापछि अधिवक्ता जोशी प्रहरी कहाँ पुगेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।