ग्रिलजन्य फलामको बृद्धि हुँदा व्यवसायी मारमा परेः कटुवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले अवैध किसिमले सञ्चालित ग्रील व्यवसायीहरुलाई सरकारको कानुनी दायरामा भित्र व्यवस्थित र मर्यादित भएर समयमै गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई गरेका छन् ।

ग्रील तथा स्टील ब्यवसायी संघ रौतहटको प्रारम्भिक भेलाको आइतबार उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । 

काठको बिकल्पको रुपमा बिकसित ग्रील उद्योगले पुर्वाधार निर्माणमा महत्त्वपूर्ण स्थान लिन थालेको हुनाले यो ब्यवसायको भबिस्य राम्रो भएकोले परिस्कृत र परिमार्जित भएर उपलब्ध नयाँ प्रबिधिहरुको अधिकतम  प्रयोग गर्नु पर्नेमा उनको जोड थियो ।  

देशभरी सञ्चालित ११ हजार भन्दा बढी ग्रील उध्योगमा देखिएका समस्या समाधान गर्न महासघले निरन्तर लागिपरेको बताउँदै कोभिडको कारण संकटमा परेको ग्रील तथा स्टील ब्यवसाय पछिल्लो समय अत्याधिक अनियंत्रित र अस्वाभाबिक रुपले फलामको मूल्य बढाइएकोमा ब्यवसायी र उपभोक्ताहरु मारमा परेको हुँदा तत्काल मूल्य वृद्धि रोक्न सरकारको ध्यानाकर्षण गराए । 

महासघका उपाध्यक्ष एवम  प्रदेश २ का सयोजक टिकेन्द्र पौडेलले प्रदेश भित्र सञ्चालित सबै ग्रील तथा स्टील उध्योगिलाइ अनिवार्य रुपमा कानुनी बैधता दिलाउन आफुले काम गरिरहेको बताउँदै सबैलाइ संघमा आबद्ध भै एक जुट भएर अगाडि बढन आग्रह गरे । महासघका महासचिब बिबेकदास श्रेष्ठले सबै ब्यवसायी र देशभरी ग्रील उद्योगमा कार्यरत १ लाख ६० हजार श्रमिकको अनिवार्य दुर्घटना बीमा गर्ने कार्य महासंघले अगाडि बढाएको हुदा सबैलाइ सहभागिता जनाउन आग्रह गरे । 

चन्द्रनिगाहपुरमा सम्पन्न भेलाले निमबहादुर राइको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ  । जस्मा उपाध्यक्ष राजु चौधरी , सचिब शम्भु खड्का कोषाध्यक्षमा सन्तोस बिक, सहसचिब रोशन खपाङी र सदस्यहरुमा केदार बिक, जितनारायण बिक, जादुलाल कुस्वाह, देबराज चौधरी र हरि बिक रहेका छन । 

बारा र सर्लाहीका ब्यवसायीहरुको समेत उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष मोहन कटुवालले रौतहट जिल्लालार्इ महासंघमा आबद्धताको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।