महालक्ष्मी विकास बैंकको लाभांश पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ९.२६ प्रतिशत लाभांश पारित गरेको छ ।

बैंकको शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । बैंकले गत आवको नाफाबाट ८.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६ प्रतिशत गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, सभाले बैंकलाई अन्य संस्थासँग मर्जर तथा प्राप्ति गर्न अनुमति दिँदै पूँजीगत आधारलाई अझ थप सुदृढ गर्ने प्रस्तावलाई समेत पारित गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको बैंकका ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।