उपत्यकाको तुवाँलो केही दिन कायमै रहने, घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा वायू प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर ननिस्किन अपिल गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अपिल जारी गर्दै घरबाहिर खुला स्थानमा नबस्न, नखेल्न, मर्निङ वाकमा नजान र घर बाहिर गएर शारीरिक व्यायाम नगर्न अपिल गरेका छन् ।

प्रदूषण बढेका बेला बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयले फोहोर मैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउन आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।