मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त नेपालगंज उपमहानगरपालिका २१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

२० वर्षीया महिलालाई २०७१ असार २८ गते मिठाईमा वेहोस बनाउने पदार्थ राखेर खान दिई वेहोस बनाएपश्चात भारतको वहराईच हुँदै लखनउ लगेर नाम थर नखुलेका व्यक्तिलाई ५० हजार रुपैयाँमा बिक्री गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।