२०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक, ४ दिन बिदा थपियो (राजपत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  वि.सं. २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले  सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।  प्रकाशित सूचनामा   २०७७ सालको तुलनामा २०७८ सालमा चार दिन थप भएको छ ।

यस वर्ष पर्व र दिवस बिदाहरू थपिएका छन् । मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ।

त्यसैगरी जेठ १५ मा गणतन्त्र दिवसको बिदा पनि दिइने भएको छ। यसअघि गणतन्त्र दिवसको विदा पनि कटौति गरिएको थियो।  यद्यपी २०७८ जेठ १५ मा शनिबार परेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।