सुनचाँदीको मूल्यमा गिरावट, कति छ आजको मूल्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  ।  सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।

हिजो आइतबार प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार भने ८७ हजार रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ८६ हजार ५५० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार २६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।