कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयद्धारा सभा सम्मेलन नगर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि कोरोना संक्रमणको जोखिम बढेको हुनाले भीडभाड नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गदै कोरोना त्रास बढेकाले सभा, जुलस, भेला, र्‍याली, बैठक, सेमिनार तथा जमघटमा नर्गन अनुरोध गरेको हो ।

पछिल्लो समय भारत लगायतका देशमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा समेत संक्रमण फैलिने अवस्थालाई मध्यजनर गर्दै उक्त निर्णय गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।