राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका लागि सरकारको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको यही चैत ९ गतेदेखि १० गतेसम्म बंगलादेशमा हुने राजकीय भ्रमणका लागि मन्त्रिपरिषद् बैठकले अनुमति प्रदान गर्ने निर्णय गरेको छ।

जनवादी गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमितको निमन्त्रणमा राष्ट्रपति भण्डारी बंगलादेश जाने भएका हुन्। 

भ्रमणको क्रममा संस्कृति, पर्यटन, कृषि तथा पशुपंक्षीमा प्रयोग हुने विषादिसँगै रेलवे, बन्दरगाह, सडकलाई नेपालसँग जोड्ने र विधुत खरिदबारे भइरहेको पहलको विषयमा छलफल हुने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।