समाज डेण्टल हस्पिटलको नयाँ शाखा भक्तपुरको राधेराधेमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । समाज डेण्टल हस्पिटलले ‘मुख स्वास्थ्य दिवस’ को अवसर पारेर भक्तपुरको राधेराधेमा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ ।

दुई दशकदेखी ग्राहकको  सेवामा समर्पित समाज डेण्टल हस्पिटलले आफ्नो गुणस्थरीय सेवा सहित उक्त  शाखा सञ्चालनमा ल्याउन लागेको हो ।

समाज डेण्टलका प्रबन्धक सबिन घिमिरेका अनुसार  करिब २० वर्षअघि बानेश्वरबाट आफ्नो सेवा सुचारु गरेको यस अस्पतालले जाउलाखेल, बसुन्धारा हुँदै अब भक्तपुरको राधेराधेबाट पनि सेवा दिने भएको हो। 

‘आइतबार देखि राधेराधेबाट समेत हाम्रो सेवा सुचारु हुनेछ, ‘ घिमिरेले भने, साथै यसलाई देशभर विस्तार गर्दै जाने हाम्रो उद्देश्य हो’। दन्त परिक्षणमा सम्पुर्ण नेपालीको पहुच स्थापना गर्ने उद्देश्यका साथ हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने भएको हो । 

उनले थप भने , ‘यो अवसरमा निशुल्क दन्त परिक्षण सहित सेवाशुल्कमा भारी छुटको समेत व्यवस्था गरेका छौँ ।’ समाज डेण्टल हस्पिटल राधेराधे शाखाले यस अवसरमा निशुल्क दन्त परिक्षण साथै आफ्नो सेवाशुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यो अस्पतालले विगत दुई दशकदेखी निरन्तर आफ्ना ग्राहक हरुलाइ उच्च सेवा प्रदान गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।