आज मिती २०७७ साल चैत ०६ गते शुत्रबार , तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल चैत्र ०६ गते । शुक्रबार । ईश्वी सन् २०२१ मार्च १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–षष्ठी,४९ घडी ०४ पला, रातको ०१ बजेर ४९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–कृतीका,१३ घडी १३ पला,बिहान ११ बजेर ३१ मिनेट उप्रान्त रोहिणी । योग–विष्कुम्भ,०७ घडी २८ पला,बिहान ०९ बजेर ११ मिनेट उप्रान्त प्रिती । करण– कौलव,दिउसो १२ बजेर ५० मिनेट उप्रान्त तैतिल,रातको ०१ बजेर ४९ मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३० घडी ०६ पला ।

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

वैदेशिक फाइदा हुनेछ। परोपकारमा ध्यान जानेछ ।सामाजिक काममा व्यस्तता बढ्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  

नयाँ लगानीको कार्य अधुरो हुने। अपजसको सामनागर्नु पर्नेछ। विसन्चोले वाधा गर्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

पारिवारिक यात्राको सुख मिल्नेछ। प्रेममा सम्वन्ध वृद्धिहुनेछ। प्रियजनले साथ दिनेछन्।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

आलस्यताले सताउनेछ। घरमा मनमुटाव रहनेछ। आर्थिककुराले चिन्ताले सताउनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

नयाँ काममा आत्मबल बढ्नेछ। पुरानो काममा प्रगतिदेखिनेछ। मनोरन्जनमा रुचि जानेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

घरायसी बढी खर्च हुने्छ। व्यर्थमा समय जानेछ।साझेदारी काममा अरुले फाइदा पाउनेछन्।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

व्यवसायमा आम्दामी हुनेछ। सोचेको कुरा पुग्नेछ।व्यवसायमा राम्रो प्रस्ताव आउनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

धनको कारोबार बढ्नेछ। भोजनको सुख पाइनेछ।ठुलाबडाको साथ मिल्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  

छोटो यात्रा हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ। काममाजोस जागर बढ्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

राजनीतिक लाभ हुनेछ । काममा प्रशंसा मिल्नेछ। जागिरमा जिम्मेवारी थप हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

संगीतमा प्रगति हुनेछ। घुमफिरमा दिन बित्नेछ। सन्तानले खुसी दिनेछन्।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

स्फुर्ति र जागर बढ्नेछ। खेलकुदमा रुचि जानेछ।स्वास्थ्यमा सुधार आउनेछ।

तपार्ईँको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।