कनेक्ट आईपीएसबाट दैनिक एक करोडकाे सेयर कारोबार गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  । नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आईपीएसबाट  हुने कारोबारको सीमा बढाएको छ ।

सीडीएसले गरेकाे नयाँ व्यवस्था अनुसार कनेक्ट आईपीएसको वेभसाइटमार्फत हुने प्रति कारोबार १० लाख रुपैयाँसम्म र प्रतिदिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ । 

यसैगरी, मोबाइल एप मार्फत हुने कारोबारमा पनि प्रति कारोबार एक लाख रूपैयाँसम्म र प्रतिदिन दुई लाख रुपैयाँसम्मको गर्न सकिनेछ ।

त्यसैगरी, सेयर कारोबारको भुक्तानीमा प्रतिदिनको सीमा एक करोड रुपैयाँ पुर्याइएकाे छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।