एमाले संसदीय दलको बैठक आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  नेकपा एमालेको संसदीय दलके बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले  बिहीबार (आज) संसदीय दलको बैठक बोलाएका हुन।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सवै सांसदहरुलाई सूचना गरिएको भट्टराईले जानकारी दिए।

नेकपाको नामबारे उत्पन्न विवादमाथि सर्वोच्च अदालतको फेसलाबाट पूर्वबत नेकपा एमाले ब्युँतिएपछि एमाले संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।