तीन लाख नगदसहित ७ जना जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ। जिल्ला प्रहरी कार्यालय धादिङले तीन लाख नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ।

ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका- बस्ने  ४७ वर्षीय लोक बहादुर भट्ट समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।