नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोेटले जुवा खेली रहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ।
मंगलबार विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको पुरानो पाटीबाट जुवा तास खेलीरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा जनक श्रेष्ठ, शम्भु अधिकारी, केशवप्रसाद पन्थ, रामेश्वर अर्याल रहेका छन् । यस्तै पक्राउ पर्ने अन्यमा लम्बुधर प्रधान, दिनेश अर्याल, गणेश आचार्य र रामचन्द्र प्याकुरेल रहको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरूको साथबाट एकलाख २२ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरीले जानकी दिएको छ।
Comment