अनुमति नलिइ भुक्तानी सेवाको काम गर्नेलाई कारबाही गर्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति नै नलिइकन भुक्तानी सेवा प्रदायकका रुपमा कारोबार नगर्न नगराउन निर्देशन दिएको छ । त्यस्ता सेवा प्रदायकलाई कानूनी दायरामा ल्याउनेसमेत केन्द्रीय बैंकले जनाएको छ ।

केही सेवा प्रदायकले अनुमति नै नलिइकन कारोबार गरेको पाइएपछि राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी अवैध काम नगर्न तथा नगराउन आग्रह गरेको हो ।

केन्द्रीय बैंकको सूचनामा भनिएको छ, ‘यस बैंकबाट अनुमतिपत्र नलिइ भुक्तानीसम्बन्धी कार्य गर्नु गराउनु गैरकानूनी र दण्डनीय हुनेभएकाले अनुमतिप्राप्त संस्थामार्फत मात्र विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

अनुमति नै नलिइ अनलाइन पेमेन्ट प्लेटफर्म सञ्चालन गर्ने तथा टप अप सेवा, अनलाइन पेमेन्टलगायतका भुक्तानीसम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा उक्त सूचना जारी गरिएको भुक्तानी प्रणाली विभागले जनाएको छ । केन्द्रीय बैंकले हालसम्म १० कम्पनीलाई भुक्तानी प्रणाली सञ्चालन र २३ कम्पनीलाई भुक्तानी सेवा प्रदायकको अनमुति दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।