रहेनन् शिखर बौद्धिक व्यक्तित्व माणिकलाल श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रो. माणिकलाल श्रेष्ठको निधन भएको छ ।

निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित भएपछि उनलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । केहि निको भएपछि उनलाई घरमै राखी उपचार गरिँदै आइएको थियो । त्यसबाहेक, उनलाई नियमित रुपमा डायलाइसिस समेत गरिँदै आइएको थियो ।

पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् । पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयवस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उनीसँग सरसल्लाह लिने गर्थे। आम मानिसहरु बीच उनी माणिक सरको नामले चर्चित र आदरणीय व्यक्तित्व थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।