खुलामञ्चका बाँकी संरचना हटाउँदै महानगर, अस्थायी वसपार्क स्थानान्तरण गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । खुल्ला मञ्चमा भएका अस्थायी संरचना हटाउने क्रमलाई महानगरले तीव्र बनाएको छ । पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो ।

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेकोले बाँकी सामाग्री र संरचना हटाउन थालिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको भनाइ छ । अस्थायी वसपार्कलाई अन्यत्र व्यवस्थापन गरेर भएपछि खुल्ला मञ्चलाई खुल्ला गर्दैछौं । ज्ञवालीले योजना सुनाए ।

नगर प्रहरी उपरीक्षक धनपति सापकोटाका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । हिजो (आइतबार) खुलामञ्चमा पुर्ननिर्माणका लागि निर्माण सामग्री राख्न बनाइएका टहरा वरिपरिका वार भत्काइएको छ । त्यहाँका अस्थायी संरचना क्रमश भत्काइनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।