बहराइनका राजपरिवारको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत अक्टुबरमा लोबुचे पिक र मनास्लु हिमाल चढेको बहराइनका राजपरिवारको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको छ ।

आज दिउँसो बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली नेपाल आइपुगेको हो ।

आरोहण टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराहिनी र ३ जना बेलायती नागरिक रहेका छन् ।

यो टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप समेत सहयोगस्वरुप ल्याएर आएको छ ।

टोली कम्तिमा ८० दिन नेपालमा रहने भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।