राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठकको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आह्वान गरेकी छिन् ।

मंगलबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षका साथै पूर्व प्रधानमन्त्रीहरुलाई समेत बोलाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। सो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनी बदर गरेको थियो।

संसदमा नयाँ गठबन्धनको सरकार बनाउन विभिन्न दलहरुबीच कसरत भइरहेको बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।