प्रिमियर लिग : युनाइटेड र आर्सनल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । गएरातिका खेलमा युनाइटेड र आर्सनल विजयी भएका हुन् ।  

लिगमा दोस्रो स्थानमा रहेको युनाइटेडले वेष्टहामलाई १-० गोल अन्तरले पराजित गर्यो । वेष्टहामका क्रायग डसनले ५३औँ मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेड विजयी भएको हो  ।  

गएरातिकै अर्को खेलमा आर्सनलले टोटनहमलाई २-१ गोलअन्तरले पराजित गर्यो । घरेलु मैदानमा आर्सनलको जितका लागि मार्टिन ओडेगाडले ४४औँ तथा एलेक्जेन्डर लाकाजेटले ६४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जित दिलाए ।  

टोटनहमले सुरुवातमै अग्रता लिएको खेलमा उसका लागि ३३औँ मिनेटमा एरिक लामेलाले गोल गरेका थिए । तर, सुरुवाती अग्रता टोटनहमले जोगाउन सकेन । खेलको ७६औा मिनेटमा लामेलाले रातोकार्ड खाएसँगै टोटनहम पराजित हुन पुग्यो ।  

यसअघिको खेलमा लिसेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई ५-० गोलअन्तरले पारजित गर्यो । लिसेस्टरका लागि केलेची हेनाचोले ह्याट्रिक गरे । उनले ३९, ६९ र ७८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।  

यस्तै, लिसेस्टरका लागि आयोज पेरेजले ६४औँ मिनेटमा गोल गरे । खेलको ८०औँ मिनेटमा शेफिल्डका इथान अम्पाडुले आत्मघाती गोल गरेपछि लिसेस्टरले ५-० को शानदार जित निकाल्यो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।