आज मिती २०७७ साल चैत ०२ गते सोमबार , तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल चैत्र ०२ गते । सोमबार । ईश्वी सन् २०२१ मार्च १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि– द्वितीया,२८ घडी ५३ पला, बेलुकी ०५ बजेर ४९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–रेवती,५४ घडी ०३ पला,रातको ०३ बजेर ४३ मिनेट उप्रान्त अश्विनी । योग– शुक्ल,०२ घडी ४६ पला,बिहान ०७ बजेर २२ मिनेट उप्रान्त ब्रम्ह । करण– कौलव,बेलुकी ०५ बजेर ४९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४९ पला । विश्व उपभोक्ता दिवस । धनिष्टा पञ्चक समाप्ति 

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

धन सम्पत्तिको कारोबार बढ्नेछ। नयाँ कुराले खुसी मिल्नेछ। भोजनको सुख पाइनेछ। 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

नयाँ काममा खर्च आउनेछ। पुरानो काम फटाफट बन्नेछ। मित्रजनको साथ मिल्नेछ। 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

यात्रामा वाधा आउनेछ। घरायसी बढी खर्च हुनेछ। प्रिय वस्तु हराउन सक्नेछ। 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

भक्ति र विद्यामा रुचि जानेछ। धनको कारोबार बढ्नेछ। कला संगीतमा प्रगति मिल्नेछ। 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

महिलावर्गको सहयोग मिल्नेछ। कृषि चौपाया बाट आम्दामी हुनेछ । सहयोगी अघि सर्नेछन्। 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

सरकारी काममा राहत मिल्नेछ। राजनीतिमा लाभ पाइनेछ। बौद्धिक क्षमताले वर्चस्व रहनेछ। 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

खुसीको खबर मिल्नेछ। वैदेशिक काममा जस पाइनेछ। धार्मिक काममा व्यस्तता बढ्नेछ। 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

शंकाले तनाव बढ्नेछ। नयाकाममा अपजस मिल्न सक्नेछ। स्वास्थले समस्या दिनेछ। 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  

नयाँ सम्बन्ध थपिनेछ। पारिवारिक साथ बढ्नेछ। साझेदारीमा फाइदा मिल्नेछ। 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

झमेलाबाट मुक्त भइनेछ। विरोधी पर जानेछन्। खानपिनमा खर्च बढ्नेछ। 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

नयाँ प्रेममा शंका हुनेछ। घरायसी कुराले पिरोल्नेछ। स्वास्थ्यमा समस्या आउनेछ। 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

नयाँ काममा योजना बन्नेछ। सामान्य यात्रा हुनेछ। बन्धुवर्ग सहयोग मिल्नेछ। 

तपार्ईँको दिन शुभ रहोस् । 

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।