सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो मालपोत कार्यालयको माथिल्लो तलाको हलमा विष्फोटमा भएको प्रहरीले जनाएको छ ।

विष्फोटमा परी करिब आधा दर्जन मानिस घाइते भएका र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् । विस्फोट कसले गराएको भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।