आज मिती २०७७ साल फाल्गुन २६ गते बुधबार , तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल फाल्गुन २६ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–द्वादशी,२२ घडी ३३ पला, दिउसो ०३ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–श्रवण,३८ घडी २९ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त धनिष्ठा । योग– परिध,१३ घडी १३ पला,बिहान ११ बजेर ३८ मिनेट उप्रान्त शिब । करण– तैतिल,दिउसो ०३ बजेर २३ मिनेट उप्रान्त गर,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेट । दिनमान २९ घडी २८ पला । 

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

क्षमताको कदर मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । नोकरीमा सहजता हुनेछ। 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

वैदेशिक सहयोग मिल्नेछ । धार्मिक काममा समय जानेछ । सामाजिक व्यस्तता बढ्नेछ। 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

काम अधुरो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । झुटो आरोप आउनेछ। 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

नयाँ ठाउंमा यात्रा हुनेछ । प्रेममा खुशी बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ। 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

रोजगारीमा खुसी मिल्नेछ । मुद्दा मामिलामा राहत हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

सन्तानको साथ सहयो्ग पाइनेछ । आम्दानीको स्तर बढ्नेछ। कला संगीतमा रुचि जानेछ। 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

मित्रतामा तिक्तता बढ्नेछ । स्त्री पक्षसँग भनाभन हुनेछ। स्वास्थ्यमा तलमाथी पर्नेछ। 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

काममा नया जिम्मेवारी मिल्नेछ । छोटो यात्रा हुनेछ। बन्धुबान्धवको सहयोग मिल्नेछ। 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  

वोली बचनले साथ दिनेछ। धनसम्पति कारोबार बढ्नेछ खेलकुदमा प्रगति मिल्नेछ। 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

प्रिय मित्र भेट हुनेछ । अध्ययनमा सफलता मिल्नेछ। अरुको लागि दिन बित्नेछ। 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

अनावस्यक खर्च बढ्नेछ। नोक्सानी बेहोर्नुपर्नेछ। नया काम अधुरो रहनेछ। 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

कृषिबाट धनार्जन हुनेछ। आफन्तको सहयोग मिल्नेछ। विलासितामा पैसा जानेछ। 

तपार्ईँको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।