अन्ततः छुट्टिए प्रचण्ड-माधव नेपाल समूह, एमालेमै गएर संघर्ष गर्ने नेपाल पक्षको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ।

पेरिसडाँडामा आज बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। उनी पेरिसडाँडाबाट फेरि भेटौंला भन्दै बाहिरिएका थिए । अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि बढ्ने भएका छन्।

झलनाथ खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्यो,’ बैठकबाट फर्किंदै खनालले भने, ‘फेरि भेटौंला।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक अन्तिम भएको बताए । उनले एमाले र माओवादी केन्द्रबीच पुनः पार्टी एकता गर्ने पहल जारी राख्ने बताए ।

प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उनले केपी शर्मा अ‍ोलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।

आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनष्ट पार्टी ९नेकपा०लाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।