सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । धादिङमा एक सञ्चारकर्मीले सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेका छन् । 

रेडियो विहानीमा कार्यरत सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेका हुन् । 

रेडियो विहानीबाट सञ्चालन हुने रेडियो कार्यक्रम चौबन्दीका प्रस्तोता तथा विभिन्न युटुव च्यानलमा कार्यरत श्रेष्ठ आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार पुछारबजारस्थित आफू बसेकै कोठामा धमेन्द्रले सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक खुलाशा भएको छ । 

उनका अनुसार उनको शवको पोस्ट मार्टम रिपोर्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । 

उनले के कारणले आत्महत्या गरेका हुन्  पृष्टि भैसकेको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।