आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन २४ गते । सोमबार । ईश्वी सन् २०२१ मार्च ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–दशमी,२८ घडी २२ पला, बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाषाढा,४० घडी २७ पला,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त उत्तराषाढा । योग– व्यातिपात,२३ घडी ५४ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– वणिज,बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी २० पला । नारी दिवस ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ। सहयोगमा दिन बित्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काम अधुरो हुनेछ । सरकारी झमेला मिल्नेछ। काममा अपजस मिल्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पारिवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ। पुरानो काम छिटो बन्नेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आम्दानी राम्रो हुनेछ । सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
महिलावर्गसँग दुष्मनी बढ्नेछ । सानो यात्रा हुनेछ। घरायसी विवाद बढ्नेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ। अरुको काम गर्नुपर्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वोलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्न्नता बढ्नेछ। धनको सहयोग मिल्नेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कृषिकाममा फाइदा हुनेछ । आम्दामीले गर्जो टर्नेछ। पारिवारिक साथ मिल्नेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामुहिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ।
Comment