सुन्दरीजल आईपुग्यो मेलम्चीको पानी,३ महिनामा काठमाडौं बासिको घरघरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। 

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो ।

यही फागुन १० गते सुरुङमा हालिएको पानी साढे २६ किलोमिटर सुरुङ भरिएर शनिबार साँझ सुन्दरीजलमा खसालिएको हो। सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको छ। 

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो । 

गत असारमै सुरुङमा पानी परीक्षण गर्ने क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएपछि पुनः परिक्षणका लागि भन्दै उक्त कार्य रोकिएको थियो। 

त्यसपछि गेट लगायत अन्य संरचनाको पुनः जाँच गरी पानी पठाइएको हो। 

सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ। प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।