नेपाल बैंकमा जागिर खुल्यो, यसरी दिनुहोस् अनलाइनबाटै दरखास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मूलुककै पुरानो नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैककले शुक्रबार विज्ञापन गर्दै १९२ जनाका कर्मचारी माग गरेको छ ।

सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले लोक सेवा आयोगको सहमतिअनुसार स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको जनाएको छ।

बैंकको प्रदेशहरुमा रहेका विभिन्न शाखा कार्यालहरुका लागि विभिन्न पदहरुका लागि सहायक प्रबन्धकमा २० जना, सहायक प्रबन्धक सिए १० जना, सहायक प्रबन्धक आईटीमा ४ जना माग गरेको छ ।

त्यस्तै सहायक आईटिका लागि ८ जना, कनिष्ठ सहायकमा ७२ जना माग गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन २१ गतेबाट चैत्र १२ गतेसम्म आवेदन बुझाउन सक्नेछन् ।

आवेदक १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका हुनुपर्ने जनाइएको छ । बैंकले खुला, महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपांग, पिडिएको क्षेत्रका लागी कोटा छुट्याएको छ ।

उपप्रबन्धकका लागि मान्यता संस्थाबाट अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ । बैंकका रिक्त रहेका पदहरुको पदपूर्तिका लागि अनलाइन माध्यमबाट दरखास्त दिनमिल्ने व्यवस्था मिलाएको छ ।

जसको लागि www.nepalbank.com.np मा गएर career मा अनलाइन बटममा क्लिक गरि त्यहाँ राखिएको निर्देशन अनुसार आवेदन दिन सकिनेछ । त्यसपछि इसेवा, खल्ती, कनेक्ट आइपीएस वा फोन पे मार्फत तोकिएका दस्तुर तिर्न सक्नु हुनेछ ।                       

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।