गोंगबु हत्या प्रकरण : कल्पनालाई आजीवन काराबास सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले काठमाडौंको गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । केही दिनअघि न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

फैसलापछि कल्पनाले अब जीवनभर जेलमै बस्नुपर्ने छ। तर जिल्ला अदालतले गरेको उक्त फैसलाविरुद्ध भने उनले पुनरावेदन दिन सक्ने छिन् ।

निर्ममतापूर्वक मारेको भन्दै कल्पनालाई जन्मकैदको सट्टा आजीवन कारावासको फैसला गरेको हो ।

श्रीमानसँग अलग भएर छोरीसँग बस्दै आएकी कल्पनाले लकडाउनको समयमा रोल्पाको रून्टीगढी गाउँपालिका ७ का कृष्णबहादुर बोहराको हत्या गरी टाउको र खुट्टा कोटेर फालेकी थिइन् ।

गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय बोहोरा कल्पनाको कोठामा नियमित आउजाउ गर्दै आएका थिए । घटनापछि डेराबाट छोरीसहित कल्पना भागेर चितवन पुगेकी थिइन् । आमा छोरीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो।

अदालतले उक्त घटनामा मतियार बनाइएकी कल्पनाकी छोरीलाई भने सफाइ दिएको छ। ती किशोरीले कल्पनाले मारेपछि शव व्यवस्थापन गर्न सघाएको प्रहरीको आरोप थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।