वैदेशिक रोजगारीमा ठगी गर्ने मेनपावर व्यवसायी नौ वर्षपछि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुलाई ठगी गरेको मुद्दामा फरार रहेका एक मेनपावर व्यवसायी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नवलपरासी देवचुली गाउँपालिका–१३ का ४८ वर्षीय गुरुदत्त पौडेललाई पक्राउ गरेको हो।

पौडेल रिलायबल एचआर सोलुसन प्रालिका सञ्चालक हुन्। उनलाई आइतबार साँझ बागबजारबाट पक्राउ गरिएको सिआइबीले जानकारी गराएको हो।

सिआइबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले पौडेलमाथि वि.सं. २०६८ साल माघ १० गते वैदेशिक रोजगार न्यायाधीकरणले एक वर्ष ६ महिना कैद सजाय तोकेको बताएकी छिन्।

पौडेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ। सिंगापुरमा ‘आकर्षक रोजगारी’ दिने प्रलोभनमा पारेर चार लाख ५० हजार रुपैयाँ प्रतिव्यक्ति लिएर दुबई पठाएको अभियोग लागेको थियो।

ठगीको अभियोगमा पीडितले जाहेरी दिएपछि परेको मुद्दामा न्यायाधीकरणले पौडेललाई कसुरदार ठहर गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।