प्राइम कमर्शियल बैंकले साढे ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राइम कमर्शियल बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । 

बैंकले ३ अर्ब ५० करोड रकम बराबरको ३५ लाख कित्ता शेयर फागुन १९ गतेदेखि जारी गर्न लागेको हो ।

बैंकले जारी गर्न लागेको ऋणपत्र मध्ये १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि, २अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने बताइएको छ ।

उक्त ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त ऋणपत्रमा छिटोमा फागुन २३ र ढिलोमा आवेदनमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।