नेपाल बैंकको सञ्चालकमा मधुकुमार मरासिनी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक पदमा महालेखा नियन्त्रक मधु कुमार मरासिनी नियुक्त भएका छन् ।

अर्थमन्त्रालयको ५ फागुनमा बसेको मन्त्रीस्तरीय बैठकले उनलाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

यसअघिका सञ्चालक बासुदेव अधिकारीले राजीनामा दिएपछि २७ माघदेखि मन्त्रालय सञ्चालकविहीन भएको थियो ।

अर्थमन्त्रालयको सहसचिव मरासिनीलाई महालेखा नियन्त्रकको जिम्मेवारी दिइएको थियो । उनलाई नै मन्त्रालयलय नेपाल बैंकको सञ्चालक पदको समेत जिम्मेवारी दिएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।